काठमाडौं । हिमालयन बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले शुक्रबार नगरपालिकाको वडा नं. २ स्थित श्री जनसेवा माध्यामिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको र सूदुरपश्चिम प्रदेश कार्यालयले उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले बताए ।
जिल्लाका विभिन्न क्षेत्रहरुमा वित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको रेग्मीले बताए ।
कार्यक्रममा अभिभावकहरु, शिक्षक–शिक्षिकाहरु, विद्यार्थीहरु लगायत करिब १५० जनाको सहभागिता रहेको थियो । बैंकले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सामग्री सहितको अभ्यास पुस्तिका वितरण गरेको जनाएको छ ।