नेप्सेमा हरियाली, यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । लगातार ओरालो लागिरहेको सेयर बजारमा शुक्रबार हरियाली छाएको छ । आज नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ को बिन्दुमा पुगेको हो ।

 

यसअघि नेप्से परिसूचक बिहिबार ४५.२५ अंक घटेको थियो भने मंगलबार ३७ अंकले बढेको थियो । बुधबार भने ३१ अंकले घटेको थियो ।

 

साताको अन्तिम दिन २२३ कम्पनीको १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँ बराबरको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर किनबेच भएको हो । बिहिबारको तुलनामा आज रकम र सेयर संख्या दुवै घटेको छ ।

 

हिजो १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको थियो ।

 

कारोबारमा आएका १३ वटा उपसमूह मध्ये म्यूचअल फन्ड बाहेक सबैको सेयर मूल्य बढेको छ । फाइनान्स समूहको सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ भने ०.६७ प्रतिशतले म्यूचअल फन्डको सेयर मूल्य घटेको छ ।

 

यसैगरी, लाईफ इन्स्योरेन्स,निर्जीवन बीमा कम्पनी,विकास बैंक र हाइड्रोपावर समूूहको सेयर मूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

 

न्याग्दी ग्रुप पावरको ६ करोड ३१ लाख,लक्ष्मी बैंकको ४ करोड ७६ लाख, हिमालयन डिष्ट्रलरी र सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट ३÷३ करोड रुपैयाँ सहित सवार्धिक कारोबार हुने कम्पनीमा रहे ।

 

आज न्यादी हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सकिृट लागेको छ । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।
यसैगरी,सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर ८.२१ प्रतिशतले बढेको छ ।

पुरानो शैलीमा घर निर्माण गर्नेलाई ३५ प्रतिशत अनुदान दिदै भक्तपुर नगरपालीका Read Previous

पुरानो शैलीमा घर निर्माण गर्नेलाई ३५ प्रतिशत अनुदान दिदै भक्तपुर नगरपालीका

ङादी ग्रुप पावरले पायो हकप्रद निष्काशनको स्वीकृति, कति कित्ता ? Read Next

ङादी ग्रुप पावरले पायो हकप्रद निष्काशनको स्वीकृति, कति कित्ता ?