ङादी ग्रुप पावरले पायो हकप्रद निष्काशनको स्वीकृति, कति कित्ता ?

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको छ ।

 

कम्पनीले बिहिबार नेपाल धितोपत्र बोर्डबाट १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको हो ।

 

बोर्डले स्वीकृति दिएसँगै कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद जारी गर्ने भएको छ ।

 

कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकेको छ । हकप्रद जारीको अनुमतिका लागि कम्पनीले गत जेठ ९ गते बोर्डमा आवेदन दिएको थियो ।

नेप्सेमा हरियाली, यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट Read Previous

नेप्सेमा हरियाली, यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी उडानको ‘हब’ बन्दै,विज एयरले उडान भर्ने Read Next

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी उडानको ‘हब’ बन्दै,विज एयरले उडान भर्ने