नबिल र बंगलादेश बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा रोकियो

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंक बिचको मर्जर प्रक्रिया अन्तिम चरणमा रोकिएको छ । कर्मचारी समायोजनमा विवाद भएपछि नेपाल राष्ट्र बैंकले अन्तिम स्वकृति नदिदाँ मर्जरका प्रक्रिया रोकिएको हो ।

 

मर्जरमा बंगलादेश बैंकका कर्मचारीलाई माथिल्लो पदमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारीहरु असन्तुष्ट छन् । समान पदीय हैसियतका कर्मचारीहरु बीच विवाद देखिएपछि केही समयका लागि मर्जरको अन्तिम स्वकृती रोकेको राष्ट्र बैंकको भनाइ छ ।

 

कर्मचारीहरुको विवाद राष्ट्र बैंक वित्तीय नियमन विभागसम्म पुगेपछि त्यसलाई टुङग्याएर आउन केन्द्रीय बैंकले भनेको छ । २०७८ पुस २९ मा नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच गाभ्ने/गाभिने (एक्वीजिसन)सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

 

सो सम्झौतापछि बंगलादेश बैंकको सेयर कारोबार रोक्का छ । एकिकृत कारोबारको अन्तिम तयारीमा रहेका यी दुई बैंकबीच कर्मचारी समायोजनको विवादले केही ढिला हुने अनुमान गरीएको छ ।

 

नबिल र बंगलादेश बैंक बीचको सेयर अनुपात (स्वाप रेसियो) निर्धारण गरीएको थियो । नबिलले बंगलादेशलाई १००ः४३ अनुपातमा गाभ्ने सम्झोता गरेको थियो ।

 

सो अनुसार बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले नबिल बैंकको ४३ कित्ता सेयर पाउने छन् ।

अपर सोलु हाइड्रोले आइपीओ ल्याउदै, कहिलेदेखि खुल्छ आवेदन ? Read Previous

अपर सोलु हाइड्रोले आइपीओ ल्याउदै, कहिलेदेखि खुल्छ आवेदन ?

वास्तविक किसानले नपाएपछि अनुदान हटायौं: अर्थमन्त्री शर्मा Read Next

वास्तविक किसानले नपाएपछि अनुदान हटायौं: अर्थमन्त्री शर्मा