काठमाडौं । अपर सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले असार २० गतेदेखि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।
कुल निष्कासन मध्ये ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीका अनुसार आइपीओमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले १०० रुपैयाँ अंकीत मूल्यमा जारी गर्ने आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । आइपीओमा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।