नेप्सेमा दोहोरो अंकको गिरावट, घटेको बजारमा पनि यी हुन धेरै कमाउने कम्पनी

काठमाडौं । लगातार ओरालो लागिरहेको सेयर बजारमा बिहिबार पनि उच्च अंकले गिरावट आएको छ ।

 

आज नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ अंकमा झरेको हो । मंगलबार ३७ अंकले बढेको नेप्से बुधबार ३१ अंकले घटेको थियो ।

 

सूचक घटेता पनि आज कारोबार रकममा भने बृद्धि भएकाे छ । यस दिन २३७ कम्पनीको १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ ।

 

कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूूह सबेभन्दा धेरै ४.११ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूह ३.७९, इन्भेष्टमेन्ट ३.५२, फाइनान्स ३.४८ प्रतिशतले घटेको छ ।

 

आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

 

त्यसैगरी, लक्ष्मी बैंकको ६ करोड ३६ लाख,नबिल बैंक ५ करोड ५३ लाख, हिमालयन डिष्ट्रलरी र एनआईसी एसिया बैंकको ४ करोड बढी रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

 

उच्च अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

 

आँधिखोला लघुवित्त र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटीभ सर्किट लागेको हो ।

 

आँधिखोला लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन भने सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा शिव श्री हाइड्रोपावर र लिबर्टि इनर्जि कम्पनीका सेयर मुल्यमा सेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

११ दिनपछि खुल्दै अपर सोलुको आइपीओ Read Previous

११ दिनपछि खुल्दै अपर सोलुको आइपीओ

इन्धनमा कर र सरकारको खर्च गर्ने क्षमता, महंगीको पासोमा नागरिक Read Next

इन्धनमा कर र सरकारको खर्च गर्ने क्षमता, महंगीको पासोमा नागरिक