११ दिनपछि खुल्दै अपर सोलुको आइपीओ

काठमाडौं । अपर सोलु हाइड्रोपावर कम्पनीले असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।

 

जसमा ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आइपीओमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीओमा सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्र Read Previous

ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्र

नेप्सेमा दोहोरो अंकको गिरावट, घटेको बजारमा पनि यी हुन धेरै कमाउने कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, घटेको बजारमा पनि यी हुन धेरै कमाउने कम्पनी