काठमाडौं । ग्लोबल आइएमई बैंकले हजयात्रीहरुको सुविधाका लागि ४ शाखाबाट विदेशी मुद्रा सटही सुविधा दिने भएको छ ।
बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हज यात्रीहरुलाई आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको हो ।
बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तीनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ ।
यसकासाथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।
ग्लोबल आइएमईले हाल देशभरका २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।