पिपुल्स पावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (असार ८ गते)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका स्थानीयका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

 

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्य दरले ६ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको हो। सोमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १ र ४ का बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र इलाम जिल्लाबासीका लागि ४ लाख ४२ हजार ८२० कित्ता छुट्याइएको छ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सबै सेयर विक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन पाइने छ ।

 

स्थानीयले प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिनघरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

 

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आफू अनुकूल नीतिका लागि किन सधैं नियामकसँग ‘लबिङ’ गर्छन् वित्तीय संस्था ? Read Previous

आफू अनुकूल नीतिका लागि किन सधैं नियामकसँग ‘लबिङ’ गर्छन् वित्तीय संस्था ?

दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा