काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख १ हजार ९७७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ९ जनाले ११ कित्ता सेयर पाएका छन् । १३ लाख बढीको भने हात रित्तो भएको छ ।
कम्पनीले जेठ २६ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० अंकित दरले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयरमा विक्रीमा ल्याएको थियो । जसमा १५ लाख ५९ हजार ५८ जनाले आवेदन दिएका थिए ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र दोर्दी खोला जलविद्युत कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।