भोलिदेखि देशैभर हवाई सेवा बन्द गर्ने घोषणा

काठमाडौं । वायु सेवा सञ्चालक संघ भोलि (बुधबार)देखि देशैभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो।

 

सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेसँगै संघले त्यसको विरोधमा हवाई सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

 

‘बाध्यात्मक रूपमा यस संघसंग आबद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९।०३।०८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

संघका अध्यक्ष रामेश्वर थापाले भोलिदेखि हवाई उडान सेवा बन्द गर्ने बताए । सरकारले तोकिएको आधार विमानस्थलमै पार्किङ गर्नुपर्ने व्यवस्था गरेको भन्दै त्यो आफूहरुलाई असह्य हुने उनले बताए ।

 

उनले इतिहासमा पहिलो पटक यस्तो दमन भएको भन्दै सेफ्टीमा कुनै कम्प्रोमाइज नगर्ने बताए । सरकारले नयाँ बनाएको विमानस्थल हरुको घाटालाई परिपूर्ति गर्न खोजेको आरोपमा लगाए ।

 

सरकारले हालै राजपत्रमा प्रकाशित गर्दै अत्यावश्यक सेवामा हडताल गर्न नपाइने व्यवस्था गरे पनि संघले भने बन्दको घोषणा गरेको हो।

 

इन्धनको मूल्य वृद्धिले विकास निर्माण ठप्प हुँदै Read Previous

इन्धनको मूल्य वृद्धिले विकास निर्माण ठप्प हुँदै

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी