नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । यससाताका अघिल्ला दुई कारोबार दिनमै ८६ अंकले घटेको नेप्से आज उच्च अंकले बढेको हो ।

 

मंगलबार नेप्से ३७.४९ अंकले बढेर १९२२.३० विन्दुमा पुगेको छ । आज २३१ कम्पनीको १ अर्ब २३ करोड ८५ लाख १८हजार २०१ रुपैयाँ बराबरको ३७ लाख १२ हजार ७४६ कित्ता सेयर किनबेच भएको छ ।

 

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.८९ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फण्ड र फाइनान्स समूह पनि ३ प्रतिशतले बढेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको पौने १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंक ४ करोड र अरुण भ्याली हाइड्रोपावर ३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्त, सीवाइसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

त्यसैगरी, सामुदायिक लघुवित्त ८.९८, रिभर फल्स पावर ८.८८, शिवश्री हाइड्रोपावर ८.३४, हिमाल दोलखा हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर र इिफिन्टी लघुवित्तको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

भोलिदेखि देशैभर हवाई सेवा बन्द गर्ने घोषणा Read Previous

भोलिदेखि देशैभर हवाई सेवा बन्द गर्ने घोषणा

नेपालबाट निर्यात हुन्छ फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिन Read Next

नेपालबाट निर्यात हुन्छ फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिन