काठमाडौं । एनएमबी बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्ग बाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।
बैंकले डिजिटल बैंकिङ्ग अभियान अन्तर्गत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको छ ।
एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबीले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।