काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम कम्पनीमार्फत मात्रै गर्नुपर्ने भएको छ ।
आइतबार महानगरको ११ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले कम्पनीमार्फत मात्रै घरबाहल सम्बन्धी काम गर्ने व्यवस्था गर्न लागिएको बताएका हुन् ।
अहिले घरभाडा सम्बन्धी काम व्यक्ति मार्फत नै गरिँदै आइएको छ ।