जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता बनाएर ११ आना जग्गा विक्री

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जीवित व्यक्तिको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने एक गिरोहलाई पक्राउ गरेको छ ।

 

२०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको नक्कली मृत्यु दर्ता गरी काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा विक्री गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

 

उनीहरुलाई काठमाडौं र चितवनका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेम महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठा रहेका छन् ।

 

उक्त गिरोहले नक्कली कागजपत्र बनाएर लोहनीको नाममा रहेको जग्गा विक्री गरेको पाइएको प्रहरीले जनाएको छ । शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाई नक्कली श्रीमान खडा गरेर जग्गा विक्री गरेको पाइएको हो ।

काठमाडौं महानगरले भर्टिकल पार्किङ बनाउन सहुलियत दिने Read Previous

काठमाडौं महानगरले भर्टिकल पार्किङ बनाउन सहुलियत दिने

अब काठमाडौंमा घर भाडासम्बन्धी काम कम्पनी मार्फत मात्रै Read Next

अब काठमाडौंमा घर भाडासम्बन्धी काम कम्पनी मार्फत मात्रै