सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा धनुषाको रमदैया भवाडीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

 

यसैक्रममा बैंकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ०१ रमदैया भवाडीमा ९४ ओैँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

 

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

 

ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क ईकेवाइसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरिसकेको छ ।

 

सिटिजन्सल देशभरका १७५ वटा शाखा, १२५ वटा एटीएम र ९४ वटा शाखा रहित बैंकिङ्ग इकाईबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एनएमबी बैंकले ल्यायोे दुई नयाँ मुद्दती योजना, ७० महिनामै डब्बल हुने Read Previous

एनएमबी बैंकले ल्यायोे दुई नयाँ मुद्दती योजना, ७० महिनामै डब्बल हुने

भतरपुर सबस्टेशन निर्माण ८० प्रतिशत सम्पन्न, २ महिनाभित्र  सञ्चालनमा आउने Read Next

भतरपुर सबस्टेशन निर्माण ८० प्रतिशत सम्पन्न, २ महिनाभित्र सञ्चालनमा आउने