फेरि पनि ह्याकरको निशानामा नेपाली बैंक, कृषि विकास बैंकबाट लुटियो २ करोड

काठमाडौं । नेपाली बैंक फेरि पनि ह्याकरको निशानामा परेको छ । ह्याकरहरुले कृषि विकास बैंकको कर्मचारीहरुले प्रयोग गर्ने खाताको पासवर्ड प्रयोग गरेर बैंकको लहान शाखाबाट करिब २ करोड रुपैयाँ चोरेका छन् ।

 

करिब एक महिना अगाडि चिनियाँ ह्याकरहरुले नेपालका विभिन्न बैंकको एटीएम ह्याक गरी करिब ६ करोड रुपैयाँ चोरेका थिए ।

 

लहान शाखाबाट कृषि विकास बैंकको केन्द्रीय शाखामा रकम ट्रान्सफर गरी सो रकम निकालिएको हो। लहानको खाताबाट केन्द्रीय कार्यालयमा रकम ट्रान्सफर गरेर रकम निकालेका हुन्।

 

ह्याकरले बैंकको तीनजना कर्मचारीले प्रयोग गर्ने पासवर्ड प्रयोग गरेर बैंकको नाफा नोक्सान हिसाब खाताबाट रकम विभिन्न व्यक्तिको खातामा रकम ट्रान्फर गरेर रकम निकालिएको पाईएको छ।

 

ह्याकरहरुले नेपाली बैंक खातावालाहरुको खातामा रकम ट्रान्सफर गरेर रकम निकाल्ने गरेको र सो वापत कमिसन दिने गरेको पाइएको प्रहरीको दाबी छ ।

 

महानरीय अपराध महाशाखाले सो प्रकरणमा संलग्न भएका आशंकामा १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

लोपोन्मुख बन्दै चङ्गा व्यवसाय, यस्तो छ चङ्गा उडाउनुको कारण Read Previous

लोपोन्मुख बन्दै चङ्गा व्यवसाय, यस्तो छ चङ्गा उडाउनुको कारण

भोलिदेखि तिलोत्तमा लगानी सम्मेलन : ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी भित्रिने अपेक्षा Read Next

भोलिदेखि तिलोत्तमा लगानी सम्मेलन : ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी भित्रिने अपेक्षा