सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत साता झन्डै डेढ सय अंकले घटेको नेप्सेमा यस साताको पहिलो दिनमै उच्च अंकको गिरावट आएको हो ।

 

आइतबार नेप्से ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा आइपुगेको छ । यसदिन २२३ कम्पनीको १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ बराबरको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.८५ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक पनि ३ प्रतिशतले गिरावट आएको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनसीसी बैंकको झन्डै साढे ५ करोड र सेञ्चुरी बैंकको पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

घट्दो बजारमा आज रिभर फल्स पावरका सेयरधनीले सबैभन्दा धेरै ९.५६ प्रतिशत गुमाएका छन् । त्यसैगरी, बलेफी हाइड्रोपावर ८.१९, मितेरी डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्टका सेयरधनीले ७ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

 

त्यस्तै, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रो, हिमालयन ऊर्जा, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, मध्येभोटेकोशी र वीन नेपाल लघुवित्तका सेयरधनीले ६ प्रतिशत गुमाएका छन् ।

 

नारायणी नदीमा ४ लेनको 'सिग्नेचर पुल' बन्दै Read Previous

नारायणी नदीमा ४ लेनको 'सिग्नेचर पुल' बन्दै

विकास बजेट सक्न अब दैनिक ८.८१ अर्ब खर्च गर्नुपर्ने Read Next

विकास बजेट सक्न अब दैनिक ८.८१ अर्ब खर्च गर्नुपर्ने