बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा ‘एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामूलक’ कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले बिहीबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबार लगायत ठाउँका २०० बढी अभिकर्ता सहभागी थिए ।
सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खड्काले सम्मान गरे । उनले अभिकर्ताहरुलाई उत्प्रेरणामूलक सन्देश तथा उपलब्धिमूलक प्रशिक्षण दिए । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य वृद्धि हुने उनको भनाइ ।
अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताए । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी पनि गराए । उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरे ।