नबिल बैंकले ल्यायो ‘इको फ्रेन्डली बिजनेश लोन’ योजना, क-कसले पाउँछन् ?

काठमाडौं । नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको फ्रेन्डली बिजनेश लोन’ योजना ल्याएको छ । बैंकले पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ उक्त ऋण योजना ल्याएको हो ।

 

फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरू, पर्यावरणमैत्री व्यवसायहरू तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तीय आवश्कता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदर सहित नयां कर्जायोजना ल्याएको हो ।

 

यस कर्जायोजना अन्तर्गत बैंकले साबिककोभन्दा ०. ५ प्रतिशत कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरूको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुबिधाहरू प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुचमा जोड दिनेछ ।

 

साथै, आफ्ना ग्राहक वर्ग सम्म व्यवसायको उत्पादन र सेवाहरू वितरणलाई सहज बनाउने उदेश्यले ‘नबिल एसएमई सहकार्य योजनामा’ आबद्ध गराउनेछ ।

 

‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरू मध्यको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई एण्ड एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल) बताउँछन् ।

 

उनका अनुसार बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरूलाई एक सफल व्यापार उद्यमको रूपमा विकाष गर्न ऋणीहरूलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरूमा समावेश गर्नेछ ।

 

सन् १९८४ देखि ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको यस नबिलले १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सरकारी ऋणको ग्राफ उकालो लाग्दै, कसरी गर्छ ‘पे ब्याक’ ? Read Previous

सरकारी ऋणको ग्राफ उकालो लाग्दै, कसरी गर्छ ‘पे ब्याक’ ?

महासंघद्धारा वस्तुगत संघका पदाधिकारीलाई स्वागत, भन्यो-'आफना क्षेत्रमा क्याप्टेनको भूमिका निर्वाह गर्नुहोस्' Read Next

महासंघद्धारा वस्तुगत संघका पदाधिकारीलाई स्वागत, भन्यो-'आफना क्षेत्रमा क्याप्टेनको भूमिका निर्वाह गर्नुहोस्'