अस्ट्रेलियामा कामदारको ज्याला बढ्यो, अब प्रतिघण्टा कति पाउँछन् ?

काठमाडौं । अस्ट्रेलियामा कामदारको न्यूनतम ज्यादा वृद्धि भएको छ । फेयर वर्क कमिसनले आज निर्णय सार्वजनिक गर्दै प्रतिघण्टा १.०५ डलर ज्याला बढाएको हो ।

 

हाल अस्ट्रेलियामा प्रतिघण्टा २०.३३ अस्ट्रेलियन डलर तलब पाउँदै आएका कामदारहरूले जुलाईबाट प्रतिघण्टा २१.३८ अस्ट्रेलियन डलर पाउने भएका छन्।

 

यस हिसाबले साप्ताहिक रूपमा फुलटाईम कामदारको तलब ४० डलर बढ्नेछ भने मासिक रूपमा १६० डलरले तलबमा वृद्धि हुनेछ । ज्याला बढेसँगै न्यूनतम साप्ताहिक तलब अब ८१२.६० डलर हुने भएको छ ।

 

नयाँ तोकिएको तलबले न्यूनतम ज्यालामा काम गदै आइरहेका करिब २७ लाख मानिसहरू लाभान्वित हुन सक्ने बताइएको छ । कर्मचारी सङ्गठनहरूले भने बढ्दो मुद्रास्फितीसँग तालमेल मिलाउने गरी ५.५ प्रतिशत तलब वृद्धिको माग गरिरहेका थिए।

 

जीवनयापनको बढ्दो लागत र बढ्दो मुद्रास्फीतिले तलब वृद्धि गर्नमा भूमिका खेलेको फेयर वर्क कमिसनका अध्यक्ष इयान रसले बताएका छन् । ‘मुद्रास्फीतिले ज्यालाको वास्तविक मूल्य घटाउँछ र उनीहरूको जीवनस्तरलाई मुस्किल बनाउँछ्,’ रोसले भने, ‘बढ्दो मुद्रास्फीतिका कारण कम तलब पाउने मानिसहरू कमजोर बनेका थिए।’

 

रिजर्भ बैंकका गभर्नर फिलिप लोवीले वर्षको अन्त्यसम्म मुद्रास्फीति बढेर ७ प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

ठेक्का लिएर अलपत्र पार्ने २१ कम्पनी कालोसूचीमा (नामसहित) Read Previous

ठेक्का लिएर अलपत्र पार्ने २१ कम्पनी कालोसूचीमा (नामसहित)

अमेरिकामा ३० वर्षयताकै उच्च ब्याजदर वृद्धि, विश्वभरि यस्ता पर्न सक्छन् असर Read Next

अमेरिकामा ३० वर्षयताकै उच्च ब्याजदर वृद्धि, विश्वभरि यस्ता पर्न सक्छन् असर