नेप्सेमा लगातार पहिरो : सूचक २००० विन्दु तल झर्‍यो, यी हुन् धेरै गुमाउने१२ कम्पनी

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत बिहीबारदेखि लगातार ओरालो लागेको नेप्सेमा आज उच्च अंकले घट्दै २००० विन्दु तल झरेको छ । पछिल्लो डेढ वर्ष यताकै न्यून विन्दु हो ।

 

गत भदौमा सर्वाधिक ३१९९ विन्दु चुमेर ओरालो लागेको नेप्सले अझै लय समात्न सकेको छैन । पछिल्लो ८ महिनाको अवधिमा नेप्से परसूचक १२०० अंकले घटिसकेको छ ।तरलता अभाव र ब्याजदर वृद्धिका कारण घट्न थालेको नेप्सेमा अझै सुधार आउने संकेत देखिएको छैन ।

 

मंगलबार नेप्से ३६.०७ अंकले घटेर १९९६.२६ विन्दुमा आइपुगेको छ । यसदिन २३२ कम्पनीको १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । अन्य उपसमूह सबैभन्दा धेरै ३.४४ प्रतिशतले घटेको छ भने व्यापार समूह ३.१३ प्रतिशतले घटेको छ ।

 

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनसीसी बैंक पौन् ४ ४ करोड र नेपाल लाइफ इन्स्योरेन्स ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज हिमालयन पावर पार्टनरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

 

त्यसैगरी, बलेफी हाइड्रोपावर ८.१५, सगरमाथा इन्स्योरेन्स ६.१५, ग्रीन भेन्चर्स ६.४५, गणपति लघुवित्त ६.२४, शिखर इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स, उपकार लघुवित्त र किसान लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

एनआइसी एशियाको ७.१९ लाख कित्ता सेयर लिलामीमा आउने, न्यूनतम मूल्य कति ? Read Previous

एनआइसी एशियाको ७.१९ लाख कित्ता सेयर लिलामीमा आउने, न्यूनतम मूल्य कति ?

'नेटा भी'को मूल्यले ल्याएको तरङ्ग र नेपाली समाज Read Next

'नेटा भी'को मूल्यले ल्याएको तरङ्ग र नेपाली समाज