एनआइसी एशियाको ७.१९ लाख कित्ता सेयर लिलामीमा आउने, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनआइसी एसिया बैंकको झन्डै सवा ७ लाख सेयर लिलामीमा आउने भएको छ । असार ८ गतेदेखि बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीम आउने भएको हो ।

 

बैंकको उक्त लिलामी सेयरमा असार १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट तोकी गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्नुपर्नेछ ।

 

लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ नघटाई आवेदन दिनुपर्नेछ । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।

 

बैंकको लिलामी सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलसहित ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन् ।

वाग्मती प्रदेशका १३ जिल्ला जोड्ने चक्रपथ बन्ने, ४ ठाउँमा सुरुङमार्ग Read Previous

वाग्मती प्रदेशका १३ जिल्ला जोड्ने चक्रपथ बन्ने, ४ ठाउँमा सुरुङमार्ग

नेप्सेमा लगातार पहिरो : सूचक २००० विन्दु तल झर्‍यो, यी हुन् धेरै गुमाउने१२ कम्पनी Read Next

नेप्सेमा लगातार पहिरो : सूचक २००० विन्दु तल झर्‍यो, यी हुन् धेरै गुमाउने१२ कम्पनी