ड्राइभिङ लाइसेन्स ‘वर्ग थप’को लागि पनि अनलाइन आवेदन खुल्यो

काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुलाएको छ ।दुई साता अघि नयाँ लाइसेन्सका लागि आवेदन खुलाएको विभागले आजदेखि वर्ग थपका लागि पनि अनलाइन आवेदन खुलाएको हो ।

 

यससँगै अब कुनै एउटा वर्ग रहेका सवारी चालकले अन्य प्रकारका सवारी चलाउनका लागि अनलाइन मार्फत अर्को वर्ग थप गर्न आवेदन दिन सक्ने छन् ।

 

उदाहरणका लागि ‘ए’ वर्गको लाइसेन्स लिएर मोटरसाइकल,स्कूटर चलाइरहेका व्यक्तिले अब बी वर्गका कार, जीप तथा डेलिभरी भ्यान चलाउनका लागि वर्ग थपको आवेदन दिन सक्नेछन् ।

 

विभागले जेठ १६ गतेबाट नयाँ लाइसेन्सका लागि आवेदन खुलाए पनि प्राविधिक समस्याका कारण भन्दै वर्ग थपका लागि अनलाइन फारम खुलाएको थिएन ।

 

विभागले वर्ग थपका लागि अनलाइन आवेदन खुलाए पनि दस्तुर भने अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको छैन ।

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा Read Previous

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सुर्खेतमा ४ दिनदेखि पेट्रोल अभाव Read Next

सुर्खेतमा ४ दिनदेखि पेट्रोल अभाव