एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको जेठ ३० गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

कृषकलाई गिज्याउने कृषि कर्जा, महिनौं बैंक धाउँदा पनि ऋण पाउनै मुस्किल Read Previous

कृषकलाई गिज्याउने कृषि कर्जा, महिनौं बैंक धाउँदा पनि ऋण पाउनै मुस्किल

ड्राइभिङ लाइसेन्स 'वर्ग थप'को लागि पनि अनलाइन आवेदन खुल्यो Read Next

ड्राइभिङ लाइसेन्स 'वर्ग थप'को लागि पनि अनलाइन आवेदन खुल्यो