काठमाडौं। पिपुल्स् पावर लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ गते आइपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँदरले ३१ करोड रुपैयाँ बराबरको ३१लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीले उक्त सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि निष्काशन गर्नेछ ।
कम्पनीले आइपीओ जारी गर्न यसअघि नै सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ ।