सेयर बजार अब हप्तामा ६ दिन खुल्ने

काठमाडौं । सेयर बजार अब हप्तामा ६ दिन खुल्ने भएको छ । सोमबार बसेको नेप्सेको बैठकले सातामा ६ दिन कारोबार संचालन गर्ने निर्णय गरेको हो।

 

साताको ६ दिन कारोबार खुल्ने भए पनि शुक्रबार भने आधादिन अर्थात् २ घण्टा (११ बजेदेखि १ बजेसम्म) मा मात्र सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

 

अहिले सातामा ५ दिन (सोमबार-शुक्रबार) बिहान ११ बजेदेखि ३ बजेसम्म सेयर बजार खुल्दै आएको छ । जेठअघि आइतबारदेखि बिहीबारसम्म बजार खुल्दै आएको थियो । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गरेसँगै जेठदेखि सोमबारदेखि शुक्रबारसम्म खुल्दै आएको छ ।

 

सरकारले असारदेखि आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै अब आइतबारदेखि शुक्रबारसम्म बजार खुल्ने भएको हो ।

टाटा मोटर्सको जेनभोल्टज नेपाली बजारमा Read Previous

टाटा मोटर्सको जेनभोल्टज नेपाली बजारमा

पिपुल्स पावरले पायो आइपीओ निष्काशन गर्न अनुमति Read Next

पिपुल्स पावरले पायो आइपीओ निष्काशन गर्न अनुमति