५ वटा क्यामेरा भएको हुवावे नोभा फाइभ टी नेपाली बजारमा, कति छ मूल्य

काठमाण्डौं । हुवावेले पाँचवटा आर्टिफिसियल इन्टेलिजेन्स क्यामेरा भएको स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। हुवावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले नयाँ स्मार्टफोन ह्वावे नोभा फाइभ टी आज नेपाली बजारमा सार्वजनिक गरेको हो।

 

सेल्फीका लागि विशेष मानिने नोभा सिरिजको यो फोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा रहेको छ।४८ मेगापिक्सेलको रियर क्यामेरा भएको यसमा १६ मेगापिक्सेलको वाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको बोकेह लेन्स रहेको छ। यी क्यामेराका कारण फोनले उत्कृष्ट फोटो खिच्ने कम्पनीको दाबी छ।

 

एआई इमेज स्टेबलाइजेसन, अटो एक्सपोजर लक तथा अटो फोकस लक जस्ता एआई इन्ह्यान्स्ड फोटोग्राफी प्रविधि क्यामेरामा रहेको कम्पनीले जानकारी दिएको छ।

 

यो फोनमा अटोमेटिक भिडियो एडिटिङ सुविधा पनि रहेको छ। जसबाट टिकटक तथा सामाजिक सञ्जालमा भिडियो हाल्नेहरुका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ।

 

यो फोनको नेपाली बजारमा सुरुवाति मूल्य ५३ हजार ९ सय रुपैयाँबाट हुने छ।८ जीबी र्‍याम तथा इएमयूआई ९.१ अपरेटिङ सिस्टम रहेको फोनमा २२.५ हुवावे सुपरचार्ज प्रविधि पनि छ।

 

तीन रंगहरू नीलो (क्रस ब्लू), कालो र बैजनी (मिडसमर पर्पल) मा उपलब्ध रहेको छन् ।

तातोपानी नाका १० दिन बन्द हुने, यस्तो छ कारण Read Previous

तातोपानी नाका १० दिन बन्द हुने, यस्तो छ कारण

अण्डाको मूल्य तोकियो, प्रतिगोटा मूल्य कति Read Next

अण्डाको मूल्य तोकियो, प्रतिगोटा मूल्य कति