तातोपानी नाका १० दिन बन्द हुने, यस्तो छ कारण

काठमाडौं । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।

 

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ/दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

 

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए । सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।

 

यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करीब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात/आठ टोली तिब्बत गइसकेकाले अबको तीन/चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन् । रासस

एनएमबी र ओमको एकीकृत कारोबार असोज ११ बाट हुने Read Previous

एनएमबी र ओमको एकीकृत कारोबार असोज ११ बाट हुने

५ वटा क्यामेरा भएको हुवावे नोभा फाइभ टी नेपाली बजारमा, कति छ मूल्य Read Next

५ वटा क्यामेरा भएको हुवावे नोभा फाइभ टी नेपाली बजारमा, कति छ मूल्य