थन्केर बसेका महानगरका  ब्रुमर ३ दिनभित्र संचालनमा ल्याइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विगत ५महिनादेखि थन्किएर बसेका ब्रुमर ३ दिन भित्र संचालनमा ल्याउने भएको छ । चाकल नहुँदा थन्किएर बसेका ब्रुमर महानगरले यसैसाता भित्र संचालनमा ल्याउने भएको हो ।

 

महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खर्चेर ७ वटा ब्रुमर ल्याएको थियो । सो बेला ब्रुमर चालकसँग ३ वर्षको सम्झौता गरिएको थियो । ५ महिनाअघि चालकहरुको सम्झौता अवधि सकिएसँगै ब्रुमर थन्किएर बसेका थिए ।

 

नयाँ चालकको व्यवस्था गरी ती ब्रुमर संचालनमा ल्याउन लागिएको महानगर प्रमुख बालेन्द्र साहले जानकारी दिए । ‘तीन दिनमा ब्रुमर सञ्चालनमा आउँछ, चालक राख्ने काम भइरहको छ,’ मेयर साहले भने ।

 

ती  ब्रुमर हाल धुलाम्य अवस्थामा राष्ट्रिय सभागृहमा राखिएको छ । हाल महानगरसँग १० वटा हाराहारीमा ब्रुमर रहेको छ । सोमध्ये ३ वटा ब्रुमर टेकुस्थित ट्रान्सफर्म स्टेसनमा राखिएको छ ।

 

 

कृषिको मेगा प्रोजेक्ट 'लाइभस्टक सेक्टर इनोभेशन' : उत्पादनमा आत्मनिर्भर, ५०० बढी उद्ममी जन्माउँदै Read Previous

कृषिको मेगा प्रोजेक्ट 'लाइभस्टक सेक्टर इनोभेशन' : उत्पादनमा आत्मनिर्भर, ५०० बढी उद्ममी जन्माउँदै

एउटा कोठाबाट सुरु भएको आइएमईले भित्र्याउँछ १ खर्ब  रेमिट्यान्स Read Next

एउटा कोठाबाट सुरु भएको आइएमईले भित्र्याउँछ १ खर्ब  रेमिट्यान्स