एक महिनामै ३३ करोड घट्यो डलर संचिति, कति छ ढुकुटीमा ?

काठमाडौं । अमेरिकी डलर संचितिमा उच्च गिरावट आएको छ । पछिल्लो एक महिनाको अवधिमै डलर संचिति ३३ करोड डलरले घटेको हो ।

 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (साउन वैशाख)को तथ्यांक अनुसार वैशाख महिनामा राष्ट्रको ढुकुटीबाट ३३ करोड डलर घटेको छ ।

 

चैत मसान्तमा ९ अर्ब ६१ करोड डलर संचिति रहेकोमा वैशाख मसान्तसम्म घटेर ९ अर्ब २८ करोडमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि डलर संचिति बढ्नुको सट्ट उल्टो झन घटेको छ ।

 

समीक्षा अवधिमा कुल विदेशी मुद्रा संचितिमा गिरावट आएको छ । २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख  मसान्तमा रु.११४६ अर्ब ८८ करोड कायम भएको छ ।

 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८.३ प्रतिशतले कमी आई रु.१०१७ अर्ब २७ करोड कायम भएको छ ।

 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६.१ प्रतिशतले कमी आई रु.१२९ अर्ब ६१ करोड कायम भएको छ । २०७९ वैशाख मसान्तको कुल विदेशी
विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

 

चालु आवको १० महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २

वैशाखमा साढे ६ अर्ब घट्यो रेमिट्यान्स, भित्रियो ८७ अर्ब Read Previous

वैशाखमा साढे ६ अर्ब घट्यो रेमिट्यान्स, भित्रियो ८७ अर्ब

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण Read Next

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण