वैशाखमा साढे ६ अर्ब घट्यो रेमिट्यान्स, भित्रियो ८७ अर्ब

काठमाडौं । रेमिट्यान्स आप्रवाहमा गिरावट आएको छ । चैतको तुलनामा वैशाखमा ६ अर्ब ५० करोड कम रेमिट्यान्स भित्रिएको हो ।

 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखमा ८७ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकी चैतमा ९३ अर्ब ५५ करोड रेमिट्यान्स भित्रिएको थियो ।

 

चालु आवको वैशाख सम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा भने ०.२ प्रतिशतले बढेको छ । चालु आवको वैशाखसम्म कुल ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

 

वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,७८,२९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।

 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २,३०,४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४ प्रतिशतले घटेको थियो ।

स्वदेशी उद्योग विपरीतका नीतिहरू तत्काल सच्याउन महासंघको माग Read Previous

स्वदेशी उद्योग विपरीतका नीतिहरू तत्काल सच्याउन महासंघको माग

एक महिनामै ३३ करोड घट्यो डलर संचिति, कति छ ढुकुटीमा ? Read Next

एक महिनामै ३३ करोड घट्यो डलर संचिति, कति छ ढुकुटीमा ?