पृथ्वी राजमार्ग २० मिटर भासियो, बेलिब्रिज नराखेसम्म सवारी आवतजावत असम्भव

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

 

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिँएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

 

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Previous

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

अढाई वर्षपछि आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा Read Next

अढाई वर्षपछि आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा