अढाई वर्षपछि आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । अढाई वर्षदेखि कारोबार रोकिएको लघुवित्तको शुक्रबारदेखि सेयर कारोबार फुकुवा हुने भएको हो ।

 

धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति गरेपछि २०७६ पुस २ गतेदेखि नेप्सेमा लघुवित्तको सेयर कारोबार रोकिएको थियो । नेपाल राष्ट्र बैंकले जेठ २४ मा नेप्सेलाई लघुवित्तको धितोपत्र कारोबार फुकुवा गर्न बाधा नरहेको भनि पत्राचार गरसँगै नेप्सेले आजदेखि सेयर कारोबार फुकुवा गरेको हो।

 

धितोपत्र सूचीकरण विनियमाली, २०७५ बमोजिम उक्त कम्पनीको कारोबार पुनः संचालन गरिने नेप्सेले जनाएको छ। अढाई वर्षअघि धौलागिरी लघुवित्त र आँधिखोला लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै सेयर कारोबार रोक्का थियो । बीचमै मर्जर प्रक्रिया भाँडिदा लामो समयसम्म लघुवित्तको सेयर कारोबार रोक्का भएको हो ।

 

पृथ्वी राजमार्ग २० मिटर भासियो, बेलिब्रिज नराखेसम्म सवारी आवतजावत असम्भव Read Previous

पृथ्वी राजमार्ग २० मिटर भासियो, बेलिब्रिज नराखेसम्म सवारी आवतजावत असम्भव

हाहाकार भएपछि 'फाष्ट ट्रयाक'मा भारतबाट ८० हजार टन मल ल्याइँदै Read Next

हाहाकार भएपछि 'फाष्ट ट्रयाक'मा भारतबाट ८० हजार टन मल ल्याइँदै