सुपारीसहित ४ वस्तु आयातमा कडाइ, अब १०० प्रतिशत मार्जिन राख्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै यी वस्तुको आयातमा कडाइ गरेको हो ।

 

राष्ट्र बैंकले बिहीबार सर्कुलर जारी गर्दै अब सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा अनिवार्य रुपमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।

 

यस्तै, राष्ट्र बैंकले औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन सबै वाणिज्य र विकास बैंकहरुलाई परिपत्र गरेको छ ।

 

‘भन्सार शिर्षक नम्बर ०७१३१०००, ०८०२९०००, ०८०२९००० र ०९०४११०० मा आयात हुने वस्तुहरु औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमतिमा सम्बन्धित उद्योगले नै आयात गर्न सक्ने हुदाँ उक्त व्यवस्थाको अधीनमा रही विदेशी मुद्रा सटहीको सुविधा दिन सकिने छ,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।

 

६ महिनामा २५ अर्बको बिजुली बेच्ने प्राधिकरणको लक्ष्य Read Previous

६ महिनामा २५ अर्बको बिजुली बेच्ने प्राधिकरणको लक्ष्य

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Next

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?