असनदेखि दरबारमार्गसम्म सपिङमा अफर, ब्राण्डेड सामानमा यस्तो छ छुट

काठमाडौं । चाडपर्व नजिकिंदैं गर्दा बजारमा किनमेल गर्नेहरुको घुईचो बढ्न थालेको छ । उपभोक्ताहरु सस्तो र गुणस्तरिय वस्तुको खोजिमा रहेका छन् भने व्यापारिहरु कतै ‘सेल’ (बिशेष छुट) त कतै केही प्रतिशतसम्म छुटमा उपभोक्ता आकर्षित गर्न व्यस्त रहेका देखिन्छन् ।

 

मध्यमस्तरका उपभोक्ताले खरिद गर्ने मुख्य व्यापारिक स्थान असन, न्यूरोड, ईन्द्रचोक, भोटेबहाल लगायतमा स्थानमा कम मूल्यका साथै सेलमा सामान विक्री भइरहेको छ । यस्तो स्थानमा सहरको ठूलो हिस्साले सामान खरिद गर्ने गरेका छन् ।

 

त्यस्तै, करिब ५ प्रतिशत उपभोक्ताले मात्रै खरिद गर्ने दरबारमार्गका ब्राण्डेड पसलहरुले पनि बिभिन्न सामानमा ५० प्रतिशतसम्म छुट भन्ने बोड र स्टीकरले पसल सजाएका छन् ।

 

बङ्लादेश, थाइल्याण्ड लगायतका मुलुकबाट आयातगरि बिक्री गर्ने जिन्स, टिसर्ट, ज्याकेट लगायतमा ४० प्रतिशत छुट रहेको उनले बताए ।

 

दरबारमार्ग स्थित बाटा ब्राण्डका जुत्ता चप्पलहरु बिक्री गर्ने शोरुमले जुत्ता/चप्पलमा १५ देखि ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको शोरुम संचालिका निरु केसीले बताइन् । उनका अनुसार पसलमा ५ देखि ७ सय रुपैंयासम्मको जुत्ता चप्पल उपलब्ध रहेका छन् ।

त्यस्तै दरबारमार्गकै अर्को ब्राण्डेड पसल एसजी इन्टरनेशनलले इटालियन ब्राण्ड पोलिसको सामान बिक्री गर्दै आएको छ । उक्त पसलका सञ्चालक प्रमोद शिवाकोटीका अनुसार दशैंलाई लक्षित गर्दै हरेक प्रकारका जिन्समा ४० प्रतिशत छुट दिइएको छ । यसवाहेक अन्य कपडा जस्तै, टिसर्ट, क्याप, कटन प्यान्ट तथा जुत्तामा भने २० प्रतिशतसम्मको छुट उपलब्ध रहेको सञ्चालक शिवाकोटीले जानकारी दिए ।

 

उक्त पसलमा जिन्सको मूल्य न्यूनतम ६ हजारदेखि अधिकतम ८ हजार रुपैंयासम्म कायम गरिएको छ भने टिसर्टहरुको मूल्य न्यूनतम १३ सयदेखि २५ सय रुपैंयासम्म रहेको छ ।

 

त्यस्तै पसलमा विभिन्न प्रकारका जुत्ताको मूल्य ६ हजारदेखि ८ हजार रुपैंयासम्ममा उपलब्ध छन् । सञ्चालक शिवाकोटीका अनुसार एसजी इन्टरनेशनलको पोखरा तथा बिर्तामोड पनि पसल सञ्चालनमा रहेका छन् । उक्त पसलमा समेत सोही अनुरुपको छुटको व्यवस्था रहेको छ ।

 

पछिल्लो समय नेपालमा निकै लोकप्रिय बन्दै गएको अनलाइन सपिङ प्लेटर्फम ‘दराज डट कम’ले समेत यस एसजी इण्टरनेशनलबाट सामान खरिद गर्दै उपभोक्ता माझ सामान पुर्‍याउने गरेको उनले जानकारी दिए ।

 

जारा ब्राण्डका सामान बिक्री गर्दै आएको एन्भी एक्सेशोरिजले जुत्ता तथा लेडिज ब्यागहरुमा ५० प्रतिशतसम्म छुट दिइरहेको छ । उक्त पसलकी सञ्चालिका शान्ति लामाका अनुसार हरेका प्रकारका लेडिज ब्यागमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । पसलमा न्यूनतम १० हजारदेखि अधिकतम २५ हजार रुपैंया मूल्यका लेडिज ब्याग उपलब्ध रहेका छन् ।

त्यस्तै जारा ब्राण्डका हरेका जुत्तामा ३० देखि ५० प्रतिशत छुट्को व्यवस्था रहेको सञ्चालिका लामाले बताइन् । उनको पसलमा न्यूनतम ३ हजारदेखि अधिकतम १८ हजार रुपैंयाँ बराबरका जारा ब्राण्डको जुत्ता उपलब्ध रहेका छन् ।

 

त्यस्तै दरबारमार्गस्थित क्लोथिङ चेम्बरका व्यापारी सुमीत महर्जनका अनुसार हरेक सामानमा ४० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

 

बङ्लादेश, थाइल्याण्ड लगायतका मुलुकबाट आयातगरि बिक्री गर्ने जिन्स, टिसर्ट, ज्याकेट लगायतमा ४० प्रतिशत छुट रहेको उनले बताए ।

 

उक्त पसलमा जिन्सको मूल्य ४२ सय रुपैंयाबाट कायम रहेको छ भने, अधिकतम ९ हजार रुपैंयासम्मको जिन्स बिक्री हुने गरेको छ । त्यस्तै न्यूनतम १५ सयदेखि अधिकतम ३२ सय रुपैंयासम्मको टिसर्ट उपलब्ध रहेको उनले जानकारी गराएका छन् ।

नेप्सेद्धारा सगरमाथा सेक्युरिटिजलाई निलम्बन Read Previous

नेप्सेद्धारा सगरमाथा सेक्युरिटिजलाई निलम्बन

अब डिभी लोटरी भर्न पासपोर्ट नम्बर अनिवार्य, अक्टोबर २ देखि खुल्दै Read Next

अब डिभी लोटरी भर्न पासपोर्ट नम्बर अनिवार्य, अक्टोबर २ देखि खुल्दै