नेप्सेद्धारा सगरमाथा सेक्युरिटिजलाई निलम्बन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र दलाल व्यवसायीको काम गर्दै आएको सगरमाथा सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर १८) लाई निलम्बन गरेको छ।

 

धितोपत्र बजारको सदस्यता तथा कारोबार नियमावली २०५५ को व्यवस्था विपरीत कार्य गरेका कारण सदस्यता निलम्बन गरेको नेप्सेले जनाएको छ।

 

सगरमाथालाई १ दिनका लागि सदस्यता निलम्बन गरिएको हाे । नेप्सेको निलम्बनपछि सगरमाथाले मंगलबार (असोज ७ गते) धितोपत्रको कारोबार गर्न नपाउने नेप्सेले जनाएको छ ।

निजगढ विमानस्थल बनाउन प्रस्ताव पेश गर्ने ७ कम्पनीमध्ये  जुरिच एयरपोर्ट मात्र योग्य Read Previous

निजगढ विमानस्थल बनाउन प्रस्ताव पेश गर्ने ७ कम्पनीमध्ये जुरिच एयरपोर्ट मात्र योग्य

असनदेखि दरबारमार्गसम्म सपिङमा अफर, ब्राण्डेड सामानमा यस्तो छ छुट Read Next

असनदेखि दरबारमार्गसम्म सपिङमा अफर, ब्राण्डेड सामानमा यस्तो छ छुट