छायाँ सेन्टरले १२ वटा निःशुल्क शौचालय उपलब्ध गराउने

काठमाडौं । राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ ।

 

काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ ।

 

छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधरणलाई सहज हुनेगरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताए ।

 

उनले महानगरपालिकाको घोषित निःशुल्क शौचालय सेवाको अभियानमा जोडिन पाउँदा खुसी लागेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल तथा ३२ वटै वडाध्यक्ष तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गरे ।

 

‘मेयर शाहबाट घोषित निःशुल्क शौचालय सेवाको अभियानमा ठमेल–२६ स्थित छायाँ सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले सहभागिता जनाउने निर्णय गरेको जानकारी गराउँछौँ,’ सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नतिजा नआउँदा १ महिनादेखि थन्किए साझाका विद्युतीय बस, कहिलेदेखि गुड्छन् ? Read Previous

नतिजा नआउँदा १ महिनादेखि थन्किए साझाका विद्युतीय बस, कहिलेदेखि गुड्छन् ?

किन देखियो राष्ट्रिय गौरवका आयोजनामा समस्या ? Read Next

किन देखियो राष्ट्रिय गौरवका आयोजनामा समस्या ?