चुनावपछि बैंकिङ प्रणालीमा आयो २० अर्ब निक्षेप, सीडी रेसियो ९०% भन्दा तल

काठमाडौं । स्थानीय तहको चुनाव (वैशाख ३० गते)पछि बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको हो । जेठको तीन सातामा बैंकिङ प्रणालीमा २० अर्ब निक्षेप थपिएको हो ।

 

नेपाल बैंकर्स संघका अनुसार वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ २० गतेसम्म आउँदा १३ अर्ब थपिएर ४३ खर्ब ९० अर्ब पुगेको छ ।

 

जेठ पहिलो साता ७ अर्ब, दोस्रो साता ६ अर्ब र तेस्रो साता ७ अर्ब निक्षेप थपिएको संघले जनाएको छ । आर्थिक वर्षको करिब अन्त्यतिर आउँदा सरकारी खर्च समेत बढेकाले बैंकको निक्षेपमा सुधार आएको बताइएको छ ।

निक्षेप बढे पनि सोही अनुपातमा कर्जा लगानी भने बढ्न सकेको छैन । जेठको तीन सातामा थप २० अर्ब निक्षेप संकलन गरेका बैंकहरुले जम्मा ५ अर्ब कर्जा प्रवाह गरेका छन् । वैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाा कर्जा प्रवाह भएकोमा जेठ १३ गतेसम्म ४१ खर्ब ९६ अर्ब पुगेको छ ।

 

निक्षेपमा सुधार आएसँगै बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल आएको छ । नेपाल राष्ट्र बैंकले जेठ २२ गते सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकहरूको औसत सीडी रेसियो ८९.९९ प्रतिशतमा झरेको छ ।

 

यद्यपि, औसत सीडी रेसियो ९० प्रतिशतभन्दा तल झरे पनि अझै केही बैंकको ९० प्रतिशतभन्दा माथि नै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न निर्देशन दिइसकेको छ ।

 

८ प्रतिशतको आर्थिक वृद्धि : सम्भव हुने लक्ष्य कि अति महत्वकांक्षा ? Read Previous

८ प्रतिशतको आर्थिक वृद्धि : सम्भव हुने लक्ष्य कि अति महत्वकांक्षा ?

त्रिभुवन विमानस्थलमा १ घण्टासम्म हवाई ट्राफिक जाम, किन भइरहन्छ बारम्बार ? Read Next

त्रिभुवन विमानस्थलमा १ घण्टासम्म हवाई ट्राफिक जाम, किन भइरहन्छ बारम्बार ?