अब असारभित्रै सबैले इम्बोस्ड राख्नु नपर्ने, यी ३ प्रकारका सवारीलाई मात्र अनिवार्य

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले असार मसान्तभित्रै सबै सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नुनपर्ने बताएको छ ।

 

सडकदेखि सदनसम्म सरकारको व्यापक विरोध भएपछि यातायात व्यवस्था विभाग सो व्यवस्थाबाट पछि हटेको हो ।

 

मंगलबार पत्रकार सम्मेलन आयोजना विभागले साउन १ गतेसम्म वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताएको हो ।

 

विभागका महानिर्देशक नमराज घिमिरेले तीन किसिमका सवारीले मात्रै असारभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताए।
उनका अनुसार २०७८ मंसिर १ गतेपछि खरिद गरेका नयाँ सवारीसाधन र २०७८ फागुन १ गतेपछि पुराना सवारी खरिद गरी नामसारी गरिएका सवारीसाधनमा साउन अगावै इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

 

त्यस्तै, २०७९ जेठ १ गतेपछि नवीकरण गरिएका सवारीसाधनमा पनि साउन १ सम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ । विभागले जेठ २० गते सूचना जारी गर्दै असारसम्म सबै सवारीसाधनले अनिवार्य नम्बर इम्बोस्ड जडान गर्नपर्ने बताएको थियो ।

 

यातायात कार्यालयको क्षमता र आवश्यक पूवाधारको व्यवस्था बिनै उर्दी जारी गरेको भन्दै उक्त व्यवस्थाको चौतर्फी विरोध भएको थियो भने यातायात कार्यालयहरुमा भीड समेत बढेको थियो ।

नेप्सेमा लगातार पहिरो : ७ दिनमै २०५ अंक घट्यो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी Read Previous

नेप्सेमा लगातार पहिरो : ७ दिनमै २०५ अंक घट्यो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

अघि बढ्यो तामाकोशी पाँचौं, सञ्चय कोष एक्लैले १२ अर्ब लगानी गर्दै Read Next

अघि बढ्यो तामाकोशी पाँचौं, सञ्चय कोष एक्लैले १२ अर्ब लगानी गर्दै