प्रभु बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा

काठमाडाैं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्रनाे शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा बैंकिङ्ग पहुँच पुर्याउने कार्य गर्दै रहेकाे छ । यसै क्रममा प्रभु बैंक धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ विशालनगरमा मंगलबारदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाबाट एक समारोहका विच बैंकको आरुघाट शाखा कार्यालयको समुद्घाटन भएको हो ।

 

आरुघाट शाखा कार्यालय समुदघाटन कार्यक्रममा धादिङ्ग जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ धादिङ्गका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 

आरुघाट शाखा समेत गरी बैंकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ । सञ्चालनमा आएको बैंकको आरुघाट शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

पाँच लाख ३२ हजार कित्ता आईपीओ आउँदै, दुई संस्थाले पाए अनुमति Read Previous

पाँच लाख ३२ हजार कित्ता आईपीओ आउँदै, दुई संस्थाले पाए अनुमति

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित Read Next

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित