काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्सेमा लगातार छैटौं दिन गिरावट आएको हो । पछिल्ला ६ कारोबार दिनमा मात्रै नेप्से १५७ अंकले घटेको छ ।
सोमबार नेप्से १२.९२ अंकले घटेर २०६५.७८ विन्दुमा आइपुगेको छ । यसदिन २२८ कम्पनीको १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँ बराबरको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ०.५४ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह २.०१ प्रतिशतले घटेको छ ।
आज एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक पौने ७ करोड र नेपाल लाइफको साढे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज हिमालयन बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, महुली लघुवित्त ७.६६, नेपाल लाइफ र मनकामना स्मार्ट लघुवित्त ३.९२, गुँरास लघुवित्त ३.८६, ग्लोबल आइएमई बैंक ३.६१, अजोड इन्स्योरेन्स, एशियन लाइफ, सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य साढे २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरकोयसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।