शौचालय प्रयोग गर्न दिने भए ७ दिनभित्र सम्पर्कमा आउन काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

महानगरले आइतबार एक सूचना जारी गर्दै सम्पर्कमा आउन होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको छ।

 

इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

 

शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने महानगरले गत जेठ १६ को नगरकार्यपालिका बैठकबाट निर्णय गरेको थियो।

 

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिकाको पहिलो बैठकमा होटेल, रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्ने निर्णय गरेका थिए ।

 

अब बिदाको दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने Read Previous

अब बिदाको दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने

सेयर लगानीकर्ताले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र, यस्ता छन् ४ बुँदे माग Read Next

सेयर लगानीकर्ताले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र, यस्ता छन् ४ बुँदे माग