सगरमाथा जलविद्युतले ५५ करोडको आइपीओ निष्काशन गर्ने

काठमडौं । सगरमाथा जलविद्युत कम्पनीले झन्डै ५५ करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको हो । कम्पनीले स्थानीयका लागि ११ लाख २० हजार कित्ता र सर्वसाधारण (आयोजनाका कर्मचारी र म्युचुअल फण्डसहित) ४३ लाख ६८ हजार कित्ता गरी कुल ५४ लाख ८८ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

 

कम्पनीले आइपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

सम्झौतामा सगरमाथा जलविद्युत कम्पनीका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए ।

 

कम्पनीले इलाम नगरपालिकास्थित माई खोलामा सुपरमाइ जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ ।

 

आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन सुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको छ ।

 

 

फास्ट ट्रयाकको सुरुङ निर्माण रोकियो, अब रिभ्यूपछि मात्र सुरू हुने Read Previous

फास्ट ट्रयाकको सुरुङ निर्माण रोकियो, अब रिभ्यूपछि मात्र सुरू हुने

कालीगण्डकीको बिजुली भारत निर्यात सुरू, प्रतियुनिट १९ रुपैयाँ Read Next

कालीगण्डकीको बिजुली भारत निर्यात सुरू, प्रतियुनिट १९ रुपैयाँ