काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले आजदेखि ७ वर्षे अवधिको एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई विक्रीमा ल्याउने भएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो। यो एक बन्दमुखी योजना हो।
निष्काशन भएको कुल इकाईमध्ये बीज पूँजीबापत १ करोड ५० लाख इकाई कोष प्रबर्धक एनआईसी एशिया बैंकलाई छुट्याइएकोे छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।
इच्छक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने छन् । उक्त म्युचुअल फण्डमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै इकाई विक्री नभएमा असार २ गतेसम्म आवेदन दिन पाइने छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आस्वा अनुमतिप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।
एनआइसी एशिया क्यापिटल एनआइसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।