सानिमा बैंकको साधरणसभा असोज २९ गते हुने, बुकक्लोज कहिले

काठमाडौं । सानिमा बैंकले १५ औं वार्षिक साधारणसभा बोलाएको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले असोज २९ गते साधरणसभा गर्ने निर्णय गरेको हो । बैंकको साधरणसभा नक्साल ब्यांकेट, नारायणचौर, नक्सालमा विहान ११ बजे सुरु हुनेछ ।

 

साधारणसभामा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ। बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।

 

त्यसैगरी बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभ्ने तथा मर्जर प्रकृयाको लागि सहमति वा सम्झौता गर्न तथा मर्जर सम्बन्धि सम्पूर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, आर्थिक् वर्ष २०७६/७६ को लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव सभामा लैजाने भएको छ ।

 

साधारणसभा प्रयोजनको लागि बैंकले असोज १३ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ असोज १२ गतेसम्म कायम रहेका सेयरधनीलेमात्र बैंकले वितरण गर्ने लाभांश र साधरण सभामा भाग लिन पाउनेछन् ।

हुलाकी राजमार्ग निर्माण शुरु Read Previous

हुलाकी राजमार्ग निर्माण शुरु

चाडपर्व नजिकिएसँगै कपडाको व्यापार उचाईमा, १५ अर्बको कारोबार हुने अनुमान Read Next

चाडपर्व नजिकिएसँगै कपडाको व्यापार उचाईमा, १५ अर्बको कारोबार हुने अनुमान