अपि पावरको साढे ४ लाख कित्ता सेयर लिलामीमा आयो, आइपीओको भाउमै किन्ने अवसर !

काठमाडौं । अपि पावर कम्पनीको साढे ४ लाख बढी कित्ता सेयर आज (कार्यालय समय)देखि लिलामीमा आउने भएको छ ।

 

कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ सम्म १:०.३९३९ अनुपातमा जारी गरेको हकप्रद सेयरमध्ये नबिकेको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद सेयर लिलामीमा ल्याएको हो ।

 

कम्पनीले कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सोमध्ये बाँकी रितपूर्वक आवेदन दिएका १ लाख १३ हजार १५३ जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको छ भने नबिकेको बाँकी सेयर लिलामीमा ल्याएको हो ।

 

इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट तोकी शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ । आवेदन दिँदा सेयरको भाउ न्यूनतम १०० रुपैयाँ घटाउन पाइने छैन । लगानीकर्ताले जेठ २६ गतेसम्म लिलामी सेयरमा आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले कम्पनीको सेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादी काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ ।

यस्ता छन् पोखरा-जोमसोम रुटमा भएका तारा एयरका दुई ठूला दुर्घटना Read Previous

यस्ता छन् पोखरा-जोमसोम रुटमा भएका तारा एयरका दुई ठूला दुर्घटना

४ खर्बको आयात घटाउने 'अस्त्र' १० अर्बको योजना ! Read Next

४ खर्बको आयात घटाउने 'अस्त्र' १० अर्बको योजना !