चुनावपछि बैंकिङ प्रणालीमा आयो १३ अर्ब निक्षेप

काठमाडौं । जेठको दुई सातामा बैंकिङ प्रणालीमा १३ अर्ब निक्षेप थपिएको छ । स्थानीय तहको चुनाव (वैशाख ३० गते) बैंकहरुको निक्षेप संकलनमा केही सुधार देखिएको हो ।

 

नेपाल बैंकर्स संघका अनुसार वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ १३ गतेसम्म आउँदा १३ अर्ब थपिएर ४३ खर्ब ८३ अर्ब पुगेको छ ।

 

जेठ पहिलो साता ७ अर्ब र दोस्रो साता ६ अर्ब निक्षेप थपिएको संघले जनाएको छ । आर्थिक वर्षको करिब अन्त्यतिर आउँदा सरकारी खर्च समेत बढेकाले बैंकको निक्षेपमा सुधार आएको बताइएको छ ।

 

निक्षेप बढेसँगै बैंकहरुको कर्जा लगानी पनि बढेको छ । जेठको दुई सातामा थप ७ अर्ब कर्जा लगानी भएको संघको तथ्यांक्ले देखाएको छ । वैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाा कर्जा प्रवाह भएकोमा जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब पुगेको छ ।

 

 

मंगलम इन्डष्ट्रिजको व्यापार २०६ प्रतिशतले वृद्धि Read Previous

मंगलम इन्डष्ट्रिजको व्यापार २०६ प्रतिशतले वृद्धि

बजेट बारे समुद्रपार निकासी पैठारी संघको मिश्रित प्रतिक्रिया Read Next

बजेट बारे समुद्रपार निकासी पैठारी संघको मिश्रित प्रतिक्रिया