बजेटलाई सेयर बजारको रातो झण्डा, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटलाई सेयर बजारले रातो झण्डा देखाएको छ । बजेटमा सेयर बजारको विस्तारका लागि केही कार्यक्रम ल्याइए पनि नेप्सेमा भने उच्च अंकको गिरावट आएको हो ।

 

लगानीकर्ताले बजेटमार्फत पूँजीगत लाभर घटाउने, सेयर कर्जा सहज बनाउने लगायतका व्यवस्था गर्न माग गरे पनि सो संवोधन नहुँदा नेप्सेमा पहिरो गएको छ ।

 

सोमबार नेप्से ५५.३३ अंकले घटेर २१७३.४५ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँ बराबरको ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । व्यापार समूह सबैभन्दा धेरै ३.२२ प्रतिशतले घटेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर सवा ४ करोड र हिमालयन डिस्ट्रीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । झन्डै १३ महिनापछि कारोबारमा आएको बैंकका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

 

त्यसैगरी, ग्योति लाइफ ७.३६, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७.२७, मल्टीपर्पस फाइनान्स र युनाइटेड इदीमर्दी हाइड्रोपावर ६ प्रतिशत, रुरु जलविद्युत्, मैलुङखोला, बोटलर्स नेपाल तराई, समृद्धि फाइनान्स, सिंगटी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र एलएलजी इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

अब एउटै व्यक्तिले दोस्रो घर किन्दा रजिष्ट्रेशन दस्तुर दोब्बर तिर्नुपर्ने Read Previous

अब एउटै व्यक्तिले दोस्रो घर किन्दा रजिष्ट्रेशन दस्तुर दोब्बर तिर्नुपर्ने

शिक्षाले झन्डै २ खर्ब बजेट पाउँदा खेलकुदलाई ३ अर्ब, कुन मन्त्रालयले कति पाए ? Read Next

शिक्षाले झन्डै २ खर्ब बजेट पाउँदा खेलकुदलाई ३ अर्ब, कुन मन्त्रालयले कति पाए ?