अब एउटै व्यक्तिले दोस्रो घर किन्दा रजिष्ट्रेशन दस्तुर दोब्बर तिर्नुपर्ने

काठमाडौं । सरकारले एउटै व्यक्तिले एकभन्दा बढी घर वा अपार्टमेन्ट किन्दा तिर्नुपर्ने रजिष्ट्रेशन दस्तुर दोब्बर बनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमार्फत रजिष्ट्रेशन दस्तुर शतप्रतिशत बढाएको हो ।

 

‘एउटै व्यक्तिले एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गरेमा प्रत्येक थप घरको रजिष्ट्रेशन पास गर्दा शतप्रतिशत थप रजिष्ट्रेशन दस्तुर लाग्ने गरी आवश्यक व्यवस्था गरिनेछ,’ बजेटमा उल्लेख छ ।

 

अहिले घर/अपार्टमेन्ट किन्दा पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ३.५ प्रतिशत रजिष्ट्रेशन दस्तुर तिर्नुपर्ने व्यवस्था । अब पहिला एउटा घर भएको व्यक्तिले दोस्रो घर किनेमा रजिष्ट्रेशन दस्तुर दोब्बर तिर्नुपर्ने छ ।

 

यसैगरी सरकारले घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर पनि २.५ प्रतिशत बढाएको छ । अब ५ वर्षभन्दा कम समय स्वामित्वमा रहेको घरजग्गा बेच्दा नाफाको ७।५ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर ५ प्रतिशत थियो ।

 

यस्तै, ५ वर्षभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बेच्दा भने ५ प्रतिशत पूँजीगत कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर २.५ प्रतिशत मात्र थियो ।

 

१० लाख रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा किनबेच गर्दा पूँजीगत लाभकर लाग्छ । कुनै पनि घर जग्गाको विक्री मूल्य र नाफा स्वघोषणा गर्न पाइने व्यवस्था छ । तर त्यसरी गरेको घोषणा गरेको मूल्य सरकारले तोकेको मूल्याकंन रकमभन्दा कम हुनु हुँदैन ।

काठमाडौंका मेयर बालेन्द्रले लिए शपथ, पहिलो निर्णय कार्यपालिकाको बैठक लाइभ गर्ने Read Previous

काठमाडौंका मेयर बालेन्द्रले लिए शपथ, पहिलो निर्णय कार्यपालिकाको बैठक लाइभ गर्ने

बजेटलाई सेयर बजारको रातो झण्डा, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

बजेटलाई सेयर बजारको रातो झण्डा, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी